आगलागीमा मरे २० गाई
प्रकासित मिति : २०७७ चैत्र ६, शुक्रबार १७:३६
प्रकासित समय : १७:३६
सप्तरी,सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका–५ स्थित कृषि फार्ममा आज भएको आगलागीमा परी २० गाई जलेर मरेका छन। गाउँपालिकाअन्तर्गगत कृष्णाराम बहुउद्देश्यीय कृषि फार्ममा विद्युत् सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ।
सो फार्ममा ६० मध्ये ती गाई जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। तीमध्ये १० गाई घाइते र ३० हराइरहेको फार्मका सञ्चालक मनोजकुमार साहले बताए।
आगलागीले फार्मको घरसहित गाईलाई खुवाइने अन्नपातसमेत जल्दा करीब रु ५० लाख बराबरको क्षति भएको पीडित परिवारले जनाएको छ।सो आगो निभाउने क्रममा फार्मका अर्का सञ्चालक दीनानाथ साह घाइते भएका छन्। उनको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।