दक्षिणकालीमा फेला परेको शवको पहिचान
काठमाडौं,काठमाडौंको दक्षिणकाली नगरपालिकास्थित चाल्नाखेलमा फेला परेको शव पहिचान भएको छ।शुक्रवार खहरेस्थित जंगलमा दुई जनाको शव फेला परेको थियो।
शव फेला परेको सूचनासँगै घटनास्थलमा पुगेको जिल्ला प्रहरी परिसर, काठमाडौंबाट गएको प्रहरी उपरीक्षक ९एसपी० रमेशकुमार बस्नेत नेतृत्वको टोलीले मृतकका आफन्तमार्फत् शवको पहिचान खुलाएको हो।एसपी बस्नेतका अनुसार नुवाकोट घर भएका अर्जुन खड्का र काभ्रे घर भएका मंगल तामाङको शव रहेको खुलेको छ। उनीहरु दुवै जना विद्यार्थी हुन्।
नुवाकोट छापा घर भएका १६ वर्षीय खड्का असनस्थित टेउडा स्कुलमा कक्षा १० मा पढ्थे भने काभ्रेको भुम्लु सल्ले गाउँपालिका घर भएका १८ वर्षीय मंगलचाहिँ क्षेत्रपाटीस्थित जिपी स्कुलमा कक्षा १० मा अध्ययनरत रहेको बस्नेतले बताए।महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध महाशाखाको टिमले घटनाबारे अनुसन्धान गरिरहेका छन्।