‘बाबा’को तस्बिर र केहिथान सपनाहरु

अपिसैपालको काखबाट बाबाको तस्बिर नियाल्दा…

हुन त यतिबेला बाबा यो संसारबाट बिदा भैसक्नु भएको छ । केवल यतिबेला जिउदा भनेका बाबा स्मृती र उ पर भित्तामा टाँसीएका बाबाका धुमिल धुमिल तस्बिरहरु मात्रै सुरक्षित छन । मानौ सम्झना बाहेक शोक पुरानो भैसकेको छ । बाबा बिनाको घर सुनसान मसानघाट सरह लागिरहेछ ।

अलिअलि सम्झन्छु बाबाले उबेला समाजसेवामा बिताएका ति क्षणहरु कति रोमाञ्चक थिए । उमेरले भाले जुधाई खेल्ने मेरो बालपनले बाबाको समाजसेवाको मुल्यांकन गर्ने अबस्था त थिएन र पनि केहि कुराको हेक्का भने सुरक्षित छन्। मेरो जिल्ला आफैमा राज्यको आँखाबाट निकै पर देखिन्छ । जहाँको भोक अनि रोग सरकारको आँखाले राम्रोसंग ठम्याउन सक्दैन् । मार्क्सवाद,लेलिनबाद,माओबाद र जनबादको नारा १० बर्ष निरन्तर लागेको मेरो गाउँ अहिले पनि उहि पिडाको जाँतोमा पिल्सीरहेको छ । सायदै जहाँका वस्तिका सयौँ युवा युवतीले रगतको होली नखेलेको होस । १० बर्षे जनयुद्धमा जनमुक्ति सेनामा सबैभन्दा बढि मेरै जिल्लाबाट सहभागीता रहेको थियो ।

हो त्यहीँ जिल्ला जहाँ सुत्केरी हुन नसकेर आमाले प्राण त्यागेको खबर निकै अखवारमा आईराखेको हुन्छन् । हुम्ला जिल्लाको पनि आफ्नै कथा ब्यथा रहेका छन् । राज्यको आँखामा हुम्ला एक दुर्गम जिल्ला हो । राजधानीका मान्छेका आयु भन्दा ५० प्रतिशत कम आयु हुने जिल्ला हो । यति गन्थन गर्दै गर्दा आज हुम्ला जिल्लाको कथा लेखिरहेको छैन् । मेरा बाबा जसले संघर्षको नयाँ फेहरिस्त तय गरे । जो मरेर बाँचे एउटा अमर पात्रको वास्तविक भोगाई कोरिरहेकी छु। एक जुझारु क्रान्तिकारी योद्धाको वास्तविक कहानि कोरिरहेकी छु ।

मेरो वावाको जन्म २००८ साल कार्तिक ७ गते हुम्ला जिल्लाको रादेउ गाउँमा वुवा देउमल्या रोकाया र आमा जौमत्याको कोखबाट भएको थियो । मेरो वावाको नाम जोगविर राेकाया हाे। मेरो बाबा त्यो समाजका लागि  तिर्थ सम्मान हुनुहुन्थ्यो ?भन्नुहुन्थ्यो ७० पार गरेकी मेरि हजुर आमाले मलाई त्यो सबै बयान गर्नुहुन्थ्यो । समाज भन्दा माथि अरु केहि नदेख्ने मेरो बाबाका यि फेहरिस्त आज दन्ते कथा जस्तो लाग्छन् । हो मेरो वावाको नाम जोगविर रोकाया रहेको थियो । मेरो वावाको दुई दाजुभाई र चार दिदी वहिनी हुनुहुन्थ्यो ।

सानैमा निक्कै मेहनति र गतिशिल वावाले सबैभन्दा चलाखीको उपमा पाउनु भएको थियो । मेरो वावा पेशाले एक शिक्षक हुनुहुन्थ्यो । नजिकै रहेको कोट निम्नमाध्यामिक विद्यालय राडिकोटको प्रधानाध्यापक भएर लामो समय वालवालिकालाई शिक्षाको ज्योती छरिराख्नु भएको थियो । वावालाई सवै चिनेजानेकोले सर भनेर संम्बोधन गर्दथे । इमान्दार भद्र,मिलनसार भनेर चिनिनु हन्थ्यो । वावा जिल्ला भरिकै एस एल सी पास गर्ने तेस्रो व्याजको रुपमा परिचित हनु हुदोरहेछ यो कुरा बुझन मलाई केहि समय लाग्यो । हुम्ला जिल्लाको पहिलो माध्यामिक विद्यालय हिमज्योती मा वि सर्केगाढ हो भने मेरो वावा सोहि माविको पहिलो प्रधानाध्यापक हुनुभएको थियो । उहाँ प्रअ भएदेखि हिमचक्रलाई नाम परिवर्तन गरि हिमज्योती नामाकरण गरिएको थियो । वावा शिक्षक हुदा खेरिनै जनयुद्धप्रतिको मोह समाज परिवर्तनको नाराले प्रभावित हुनुभएको रहेछ ।

नेपाली समाजमा भएको बिभेद बिरुद्ध इन्कालाबको नारा मुनी गोलबन्द हुनु भएको रहेछ । संभवत जनयुद्ध नेपाली समाज रुपान्तरणको एक आयाम थियो । अन्याय अत्याचारका बिरुद्ध जनयुद्ध एक ऐतिहाँसीक कदम थियो । त्यहि कदमले मेरो बाबालाई कहिं न कहिं प्रभावित बनाएको थियो । कर्णाली जस्तै लामा सपनाहरु बोकेको मेरो समाज र बाबाको कदमलाई जनयुद्धले केहि सार्थकता दिने प्रयत्न गरेको थियो । त्यसैले बाबाको पहिलो रोजाई बन्यो तत्कालीन माओबादीले सुरु गरेको जनयुद्ध ।

हुनत हिजो आज जनयुद्ध कुनै देशको कथामा परिणत भैसकेको छ । मेरो वावाले पनि जनयुद्धको नाममा चुहाएको पसिनाको आहालमा दलाल बिचौलियाहरुको हाली मुहाली भैसकेको छ । जनयुद्ध, माओबादी भन्यो भने यदाकदा नाक निधार खुम्च्याउने पर्ने अबस्था सिर्जना भएको छ । इतिहाँसको जब्बर ठाउँमा आएर उभिनु परेको छ ।

शिक्षक पेशामा आवद्ध हुदा नै समाज रुपान्तरणको अभियानमा खुलेरै लागिसक्नुभएको थियो । सोहि कुरा कोहि मार्फत थाहा पाएर उतिवेलाको शाही नेपाली सेनाले गिरफ्तारी गरेको कुरा म अलिअलि सम्झन्छु । वावाका दौतरीहरु गाउमा धैरै अझै हुनुहुन्छ । उहाँहरुलाई देख्दा वावाको महसुश गर्ने गर्छु । तत्कालीन शाहि सेनाले अपहरण गरेको दिन मेरो मामु अनि दिदी भाई वहिनिको आँखाबाट वर्षातको भेलजस्तै खसेको आँसु र छाडा साँडे जस्तै ठिङरिङ उभिएको त्यो समाज कल्पनै गर्न सक्दीन । मेरो मामु र हामीलाई सम्हालिन निक्कै कठिन भएको थियो त्यो पल ।

त्यो दिन….
२०४४ साल माघ १२ गते तत्कालीन शाही नेपाली सेनाले वावालाई गिरफ्तार गरेर धेरै टाढा मार्तडि लगेको रहेछ । वावालाई मात्र नभएर एकजना दाजु दिपेन्द्र रोकायालाई पनि संगै लगेको रहेछ । आजभोली दिपेन्द्र दाजुले हाम्रो परिवारलाई सुनाउनु हुन्छ । जहाँ मर्नु बाँच्नुको संगारमा पुग्नेगरी यातना दिएको थियो रे मेरो वावालाई र दाजु दिपेन्द्रलाई यातनाको कठघरामा उभ्याएको थियो रे ।

तत्कालिन नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले वर्दियाका चन्द्र शर्र्मा हिमाललाई लेखेको चिठ्ठीमा नाम उल्लेख भएको भन्दै गिरफ्तारी गरेको थियो । मार्तडीको यातानालयमा अंगभंग हुनेगरि यातना दिएको गहिरो पिडा सुनाउनु भएको थियो वावाले ।

जहाँ कसैलाई भेट्न दिईदैन्थ्यो एकचोटि यातानालयको गेटमा दाजु दिपेन्द्रसंग भेटहुदा गहभरी आँसु पार्नु भएको थियो रे । अव यो काल कोठरीवाट हामी वाहिर जान सक्दैनौ भनेर निरासाका रेखाहरु निधारमा देखाउनु भएको थियो रे । त्यसको करिव करिव २ वर्षपछि त्यो कालकोठरीवाट वावालाई विरामी वनाएर पठाएको थियो । वावा खुसि हुनुहुन्थ्यो किनकी बाँचेर आए अनि परिवारसंग भेट्ने मौका पाए । वावा घर आएर त्यो मार्तडी यातनालयको यातना अनि दम रोगले ग्रसित हुदै जानु भो त्यो वेला वावाले सरकारी जागिरवाट रिटायर भएर घरमै वस्नुहुन्थ्यो । तर रोगले थला पर्नुभएको थियो अनि हामी सवै सुर्खेत जेनतेन गरेर झरिसकेका थियौ । करिव सुर्खेत झरेको केहिवर्षपछी झन रोगले चाप्दै गयो हाम्रोदिदी वहिनी पनि सबै सानै थियौ ।

आमा पनि केहि भेउ पाउनुहुन्थेन वावाको सरकारी जागिरवाट आएको पैशाले घर किनेका थियौ अलिअलि जेनतेन गरेर घरखर्च चलाएका थियौ । पछी वावाको रोगले चाप्दै गयो पैशापनि थिएन । धर्म संकट आईलागेको थियो हाम्रो परिवारमा । पछी परिवारमा सल्लाह गरेर वावाको उपचार रिन मागेर गराएका थियौ । तर वावाको जनयुद्धको वेलाको यातनाका घँ घाउहरु झन बल्जिदै गए । निको नहुने अवस्थामा पुगिसकेको भान हुन थाल्यो । उपचारको लागि ल्याउदै गर्दा २०७६ कार्तिक २९ गते सुर्खेत एयरपोर्टमा हामी सबैलाई छोडेर जानु भो । वावाको कति सपना सपना मै सिमित भए । जिन्दगीको एक अध्यायमा पुर्णविराम लाग्यो ।

अझै त्यो पल सम्झिदा गहभरी आँसु हुन्छन् । हामीलाई टुहुराको नामाकरण गरेर जानु भो । वावा हजुरको सपना म पुरा गर्ने कोषिश गर्नेछु । यो दुनिया स्वार्थि छ कुसैले जनयुद्धको ति पलहरु सम्झने प्र्रयास गर्दैनन् । हजुर भन्नुहुन्थ्यो राजनितीमा लाग अप्ठ्यारो हुन्छ । नर्स पढ छोरी राम्रो हुन्छ । तर मेरो मनले मानेन हजुरका अधुरा सपनालाई पुरा गर्ने प्रण लिएकीे छु ।

वावा जुनदिन हजुरले छोडेर जानु भो त्यो दिनदेखि मनमा उज्यालो महसुश भएको छैन । अभिभावक गुमाउनुको गहिरो पिडा लुकायर समाज अनि परिवारको लागि हासिरहेको छु । विचलित यि अनगन्ती पाईलाहरु हजुरले राख्नु भएको पाईलामा राख्ने प्रयास गरिरहेकी छु । मेरो पिता जो पृतिसताको बिरुद्धमा लडन सिकाउनु भएको छ । त्यो म कहिले भुल्नेछैन । हाम्रो मन मुटुमा सदासर्वदा अमर हनुहुन्छ वावा ।

अब मेरो यात्रा

म एक क्रान्तिकारी योद्धा हु जो वावाको क्रान्तिकारी सपना पुरा गर्न निरन्तर लागिरहेको छु । मेरो घरमा आमा दाई रेशम रोकाय,जानकी रोकाय,शारदा रोकाय,कल्पना रोकाय,म सपना रोकाय,सिर्जना रोकाय र भाई खेमराज रोकाय लगायतको ठुलो परिवार रहेको छ । जो परिवारको विभिन्न आन्दोलनहरुमा संर्घषको महत्वपुर्ण भुमिका सदैव रहेको हुन्छ । वर्गिय संर्घष,समाज रुपान्तरणको आन्दोलनमा सदावहार तत्पर रहेका छौँ ।

म सांगठनिक रुपमा अमरज्याती मावीमा अध्ययन गर्दानै अखिल क्रान्तिकारी बिद्यार्थि संगठनको उपाध्यक्ष भएर काम गरेको थिए । त्यसपछी त्रिभुवन विश्वविद्यालयको सुर्खेत क्याम्पस शिक्षामा क्याम्पस कमिटी सदस्य हुदै एक्काइसौ राष्ट्यि सम्मेलन २०७४ वाट केन्द्रिय सदस्यमा निर्वाचित भए। हाल नेकपा विद्यार्थि संगठन अनेरास्ववियू प्रदेश सदस्यमा रहेको र अनवरत रुपमा विद्यार्थिहरुका हगहितका विषयमा आफ्ना आवाज वुलंद पार्दै आएकी छु ।

मैले खुलस्त र इमान्दारीपुर्वक राजनैतिक निकास र जनताको जनवादको जिम्मेवारी पुरा गर्नेछु । र वावाका ति अपि सपाल भन्दा अग्ला कर्णाली भन्दा लामा अधुरा सपनाहरु पुरा गर्नेछु । बस !

हुम्ला, हाल बिरेन्द्रनगर सुर्खेत