महान्यायाधीवक्ता अग्नी खरेलले दिए राजीनामा

काठमाडाैँ,  महान्यायधिवक्ता अग्नी खरेलले पदबाट राजीनामा दिएका छन् । उनले शुक्रबार राजीनामा दिएका हुन् । उनले आफूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेर राजीनामा दिएको बताएका छन् ।

उनले भने ‘मैले सम्माननीय प्रधानमन्त्रीसँग सल्लाह गरेर राजीनामा दिएको हुँ । उहाँसँग मेरो सम्बन्ध राम्रो छ ।’ उनले तुरून्त वकालतमा नफर्कने बताए। क्रियाशील राजनीति गर्ने संकेत उनको छ।