नेपाल र खनालपनि एमाले संसदीय बोर्डमा
प्रकासित मिति : २०७७ चैत्र ५, बिहीबार १६:०२
प्रकासित समय : १६:०२
काठमाडौं,नेपाल कम्युनिष्ट पार्टी (एमाले)को संसदीय बोर्डमा वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल पनि राखिएका छन्।बिहिबार अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बालुवाटारमा बसेको बैठकले २७ सदस्यीय बोर्ड समिती गठनको निर्णय गरेको छ।बोर्डको संयोजकमा प्रधानमंन्त्री केपी शर्मा ओली रहेका छन्।
सदस्यहरूमा झलनाथ खनाल, माधवकुमार नेपाल, सुवास नेम्वाङ, विशाल भट्टराई, शान्ता चौधरी, सुमन प्याकुरेल, बिमला राई, खिमलाल भट्टराई, राधा ज्ञवाली, दामोदर भण्डारी, विन्दा पाण्डे, विद्या भट्टराई, राजेन्द्र राई, रेखा झा शेरबहादुर तामाङ, छबिलाल विश्वकर्मा, रघुबीर महासेठ, नारदमणि राना, मोहन बाँनिया, भुपेन्द्र थापा, खेम लोहनी, सरिता न्यौपाने र बिमला बिक छन्।
यस्तै, विधान संशोधन कार्यदलमा विशाल भट्टराई, शेरबहादुर तामाङ र विमला राई पौड्याल रहेका छन्।