जाजरकोटको सिर्पाचौरमा परिवर्तनका लागि ‘युवा समुह’ गठन
जाजरकोट,जाजरकोटको नमुना वस्ती सिर्पाचौरमा परिवर्तनका लागि युवा समुह गठन भएको छ। जिल्लाको वारेकोट गाउँपालिकामा रहेको उक्त वस्तीमा समाज रुपान्तरण प्राकृतिक सुन्दरतालाइ संरक्षण तथा प्रचार प्रचार गर्नको लागि युवा समुह गठन गरिएको हो।
उक्त वस्तीका युवा तिलक पुनको अध्यक्षतामा ४३ सदस्य रहेको युवा समुहमा उपाध्यक्ष भावना घर्ति,अर्को उपाध्यक्ष विनोद घर्ति,कोषाध्यक्ष कल्पना घर्ति सचिव रिदम पुन,सह सचिव रविन पुन,सह कोषध्यक्ष पदम रोकाय र सदस्यहरुमा मदन पुन,खम्व घर्ति लगायतका युवाहरुको समुह गठन गरिएको छ।कुनै पनि राजनैतिक आस्था नराख्ने गरि गठन भएको सो समुहले नमुना वस्ती सिर्पाचौरले प्रचुर संम्भावना वोकेका विषयमाथी खोज अनुसन्धान गरि त्यसको प्रचार प्रचार र संरक्षणको लागि हरपल खटिराख्ने सचिव रिदम पुनले वताएका छन्।
होम स्टेको प्रचुर संम्भावना वोकेको सो क्षेत्रमा राज्यको आँखा नपरेको वताउदै अव सवै कुरा राज्यको भर परेर मात्र सम्भव नहरने भन्दै आ आफ्नो ठाउवाट सचेत युवाहरुनै जुट्नुपर्ने वताए। सो युवा समुहले आफुहरुले व्यक्तिगतरुपमा आर्थिक संकलन गरि दुखि पिडित र समग्र वस्तीको लागि खर्च गरिने जनाएको छ।जिल्लाको उत्तरी भेगमा रहेको सो वस्ती पर्यटक गन्तव्यको रुपमा चिनिदै आएको छ।सो वस्तीमा मगर समुदाय मात्र वसोवास गर्ने भएकोले झन रोजक वन्दै गएको छ।