कर्णाली सरकारको प्रथम पञ्चवर्षीय योजना सार्वजनिक
सुर्खेत,कर्णाली प्रदेश सरकारले प्रथम पञ्चवर्षीय योजना सार्वजनिक गरेको छ।कर्णाली प्रदेश सरकारले एक औपचारिक कार्यक्रमको आयोजना गरि उक्त प्रथम पञ्चवर्षीय योजना सार्वजनिक गरेको हो।१० ओटा परिच्छेद,१६ ओटा अनुसुची र १२ ओटा तालिका समेटिएको किताव सार्ववनिक गर्दै कर्णाली प्रदेशका मुख्यमंन्त्री महेन्द्र वहादुर शाहीले कर्णाली प्रदेशको आर्थिक विकासको लागि कर्णाली प्रदेशको गहिरो अध्ययन गर्न जरुरी रहेको वताए। कर्णाली प्रदेश सरकार योजना आयोगले तयार पारेको मार्गचित्रमा कर्णाली सरकार,जनता र राजनैतिक दलवाट ठुलो सहयोगको अपेक्षा गरेको वताए।कर्णाली प्रदेशको समग्र विकासको लागि निजि लगानी खोज्नुपर्ने भएकोले त्यसको लागि आफ्नो नेतृत्वको सरकार लागिपरेको जानकारी दिए।
कार्यक्रममा वोल्दै योजना आयोगका प्रतिनिधी योगेन्द्र वहादुर शाहीले समृद्ध कर्णालीका लागि योजना आयोगले दिर्घकालिन सोच निर्माण गरेको जिकिर गर्दै सामाजिक क्षेत्र,उत्पादन,हाईड्रोपावरको क्षेत्रमा विषेश ध्यान दिएर पञ्चवर्षीय योजना सार्वजनिक गरेको जानकारी दिएका छन्।कर्णालीको समग्र समस्याहरुलाई मध्यनजर गर्दै पञ्चवर्षीय योजना सार्वजनिक गरेको र यसले जनअपेक्षा अनुरुपको काम गर्ने समेत वताए।
पञ्चवर्षीय योजना सार्वजनिकरण कार्यक्रममा मुख्यमंन्त्री मेहेन्द्र वहादुर शाही,आन्तरिक मामला तथा कानुन मंन्त्री नरेश भण्डारी,सामाजिक विकास मंन्त्री दल रावल,पर्यटन मंन्त्री नन्दसिंह वुढा,कृषि मंन्त्री विमला के सी,कर्णाली प्रदेशका प्रदेश सभा सांसद,योजना आयोगका सदस्य तथा जुमका माध्यमवाट सभामुख,उपसभामुख,नरपालिका तथा गाउँपालिकाका प्रतिनिधीहरु,पत्रकार लगायतको उल्लेखनिय उपस्थिती रहेको थियो।