एमाले संसदीय दलको बैठक सुरु

काठमाडौँ,नेपाल कम्युनिष्ट पार्टी (एमाले)को संसदीय दलको बैठक सुरु भएको छ।बिहीवार बिहान ११ बजेका लागि बालुवाटारमा बोलाइएको बैठक भर्खरै सुरु भएको एक नेताले वताए।बैठकमा वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका सांसदहरु गएका छैनन्।

बिहीबार बिहान ललितपुरको सानेपास्थित होटल हेरिटेज गार्डेनमा बसेको नेपाल–खनाल पक्षका सांसदहरुको छुट्टै भेलाले ओलीले बालुवाटारमा बोलाएको संसदीय दलको बैठकमा सहभागी हुने निष्कर्ष निकालेको थियो।त्यसपछि नेपाल–खनाल पक्षका सांसदहरु बालुवाटारतर्फ लागेका थिए। तर, बालुवाटार नपुगी उनीहरु सिंहदरबारबाटै फर्किएका हुन्।

गत फागुन २८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी ढंगले पदाधिकारी खारेज, केन्द्रीय कमिटी पुनर्गठन र नेताहरुको जिम्मेवारी हेरफेर गरेपछि सो पक्ष रुष्ट बनेको छ।