संसदीय दल बैठकमा सहभागी हुन हिँडेको नेपाल समूह बाटोबाटै फर्कियो

काठमाडौं,प्रधानमन्त्री तथा नेकपा ९एमाले० संसदीय दलका नेता केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा जान हिँडेको ओली इतरका नेताहरू बाटोबाटै फर्केका छन्।

सानेपास्थित हेरिटेज गार्डेन होटेलबाट बालुवाटार जाने निष्कर्षसहित सांसदहरू जाँदै गर्दा बाटोबाटै फिर्ता बोलाइएको सांसद दीपकप्रसाद भट्टले जानकारी दिएका छन्।बालुवाटार हिँडेका थियौँ, सिंहदरबार आसपास पुगेका हामी नजाने निर्णय भएपछि बाटोबाटै फर्कियौँ उनले भने।यसअघि पनि यो समूहले प्रधानमन्त्री ओलीले आफूहरूको कार्यक्रम चल्दै गर्दा बैठक बोलाएको कारणले सहभागी हुन नसक्ने बताउदै आएको थियो।

गत शुक्रबार बसेको ओली पक्षको बैठकले खनाल-नेपाल समूहका नेताहरूको जिम्मेवारी खोस्दै माओवादी केन्द्रबाट एमालेमा आएका २३ जना नेतालाई केन्द्रीय समितिमा मनोनीत गरेको थियो।तर, खनाल-नेपाल पक्षले उक्त निर्णय रद्द नभएसम्म कुनै सहमति नहुने अडान राखेको छ।