माधव-झलनाथ पक्षका सांसद पनि बालुवाटारमा जाने
प्रकासित मिति : २०७७ चैत्र ५, बिहीबार १२:१६
प्रकासित समय : १२:१६
काठमाडौँ,नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्ष पनि संसदीय दलको बैठकमा जाने भएका छन्।
बिहीवार विहान ललितपुरको सानेपास्थित होटल हेरिटेज गार्डेनमा बसेको नेपाल–खनाल पक्षका सांसदहरुको छुट्टै भेलाले प्रधानमन्त्रीसमेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा सहभागी हुने निर्णय गरेको हो। बैठक केहीबेरमा बालुवाटारमा बस्दैछ।
नेपाल–खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला बुधबारदेखि ललितपुरमा जारी छ । आज पनि बस्दैछ।गत फागुन २८ गते प्रधानमन्त्री ओलीले एकलौटी ढंगले पदाधिकारी खारेज, केन्द्रीय कमिटी पुनर्गठन र नेताहरुको जिम्मेवारी हेरफेर गरेपछि सो पक्ष रुष्ट बनेको छ। यसअघि प्रधानमन्त्री ओलीले आयोजना गरेको चियापान कार्यक्रम पनि सो पक्षले बहिस्कार गरेको थियो।