पचालझरनामा युवा बिद्यार्थीसंग अध्यक्ष कार्यक्रम
प्रकासित मिति : २०७७ चैत्र ५, बिहीबार ११:५७
प्रकासित समय : ११:५७
सुर्खेत, कालिकोटको पचालझरना गाउँपालिकाले पालिकाको लगानीमा युवाहरुलाई लोकसेवा तयारी गराउने भएको छ । गाउँपालिकाले करि ३५ जना युवा बिद्यार्थीलाई पालिकाको लगानीमा लोकसेवाको तयारी गराउने भएको हो ।
युवा बिद्यार्थीसंग अध्यक्ष कार्यक्रम अन्तरगत सुर्खेतको बिरेन्द्रनगरमा तयारी कक्षा संचालन गरिने गाउँपालिका अध्यक्ष खडगराज सेजुवालले जानकारी दिएका छन । युवा बिद्यार्थी लक्षित उक्त कार्यक्रमले दक्ष जनशक्ति उत्पादन हुने दाबी गरिएको छ ।
अध्यक्ष सेजुवालका अनुसार चैत ७ गतेबाट लोकसेवा आयोग तयारी कक्षा संचालन गरिने बताइएको छ ।।
पचालझरना एजुकेशन एकेडमीले उक्त कार्य संचालनको जिम्मा लिने बताइएको छ । युवामैत्री रहेको उक्त कार्यक्रमले युवाहरुलाई उत्साहित बनाएको छ । गाउँपालिकाले उक्त कार्यक्रमलाई आगामी दिनहरुमा पनि निरन्तरता दिने जनाएको छ ।