ओलीले बोलाए नेकपा एमाले संसदीय दलको बैठक

काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेको संसदीय दलको बैठक बोलाएका छन्।

बिहीबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा संसदीय दलको बैठक बोलाइएको एमाले नेता विशाल भट्टराईले वताएका छन्।

यता, पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष भने बैठक उपस्थिति हुनेरनहुनेबारे अनिश्चित रहेको एक नेताले जानकारी दिए।