नेपालमा थप ९४ जनामा कोरोना पुष्टि
प्रकासित मिति : २०७७ चैत्र ४, बुधबार १७:२०
प्रकासित समय : १७:२०
काठमाडौँ,नेपालमा थप ९४ जनामा कोरोना पुष्टि भएको छ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ९४ जनामा संक्रमण देखिएको हो।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ५१८ पुगेको छ।पछिल्लो २४ घण्टामा ५५ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ७१ हजार ५५० जना संक्रमणमुक्त भएका छन्।
अहिलेसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या तीन हजार १४ पुगेको छ।आज कोरोनाबाट थप व्यक्तिको मृत्यु नभएको मन्त्रालयको वेभसाइटमा उल्लेख छ । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ९५४ रहेको छ।