कर्णाली सरकारः समर्थन फिर्ताको निर्णयप्रति माधव पक्षको आपति

काठमाडौं,कर्णालीमा नेकपा एमालेको संसदीय दल बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय लिएपछि पार्टीको अर्को गुटले आपत्ति व्यक्त गरेको छ।माधव नेपालपक्षीय नेता तथा मन्त्री प्रकाश ज्वालाले सामाजिक सञ्जालमार्फत यो प्रदेश सभा दलको आधिकारिक निर्णय नभएको बताएका छन्।

ज्वालाले निर्णयप्रति असहमति जनाउँदै लेखेका छन्, ‘औपचारिक सूचना नदिएर बोलाइएको गुटगत बैठकले गरेका भनिएका निर्णयहरुप्रति हाम्रो असहमति छ।यो नेकपा (एमाले) प्रदेशसभा दलको आधिकारिक निर्णय नभएको जानकारी गराउँदछौ।

कर्णाली प्रदेश सरकारप्रति नेकपा (एमाले) प्रदेशसभा दलको समर्थन कायमै रहेको समेत अवगत गराउँदछौं।कर्णाली प्रदेश सरकारप्रति एमाले प्रदेशसभा दलको समर्थन कायमै रहेको उनको दाबी छ।