कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता लिने ओली पक्षको निर्णय
प्रकासित मिति : २०७७ चैत्र ४, बुधबार १५:०३
प्रकासित समय : १५:०३
सुर्खेत,कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन नेकपा एमालेले फिर्ता लिएको छ।बुधबार केपी ओली पक्षीय एमाले संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । कर्णालीमा माओवादी केन्द्रको नेतृत्वमा सरकार रहेको छ।
सो बैठकले दलको नेतामा यामलाल कँडेललाई चयन गर्दै सरकारमा रहेका मन्त्रीहरूलाई सरकारबाट फिर्ता हुन निर्देशन दिएको छ। साथै, अनुपस्थित नेपाल पक्षीय सांसदसँग स्पष्टीकरण माग्ने निर्णय पनि गरेको एक नेताले जानकारी दिएका छन्।
बैठकमा एमालेका २० जना सांसदमध्ये १० जना मात्रै सहभागी थिए।