केपी ओलीको धम्कीसँग नडराउनुस्ः अष्टलक्ष्मी शाक्य

काठमाडौं,नेकपा एमालेकी नेता अष्टलक्ष्मी शाक्यले राष्ट्रिय कार्यकर्ता भेलामा उपस्थित हुन डराउनु नपर्ने बताएकी छन्।राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस भेला गुटको नभएर एमालेको भएको दाबी गर्दै भेलामा नडराई आउन आग्रह समेत गरेकी हुन्।उनले आफूहरुको लागि पद ठूलो कुरा नभएको बताएकी छन्।

‘केपी ओलीको धम्कीसँग नडराउनुस्, पद ठूलो कुरा होइन, कम्युनिष्ट जोगाउनु महत्वपूर्ण कुरा हो ।’शाक्यले भनिन्।उनले आफ्नो पक्षले भेला गर्दा ओलीलाई पीडा भएको भन्दै टिप्पणीसमेत गरिन्।‘हामीले भेला गर्दा बालुवाटार बस्ने ओलीलाई पीडा भएछ।त्यसपछि सबैलाई कारबाही गर्छौ भन्‍नु भएछ।

त्यति मात्रै नपुगेर विज्ञप्ति पनि जारी भएछ, सबैलाई भन्‍न चाहन्छु। पार्टीले आयोजना गरेको भेलामा आउन कोही डराउनु पर्दैन। यो कुनै गुटको भेला होइन एमालेको भेला हो । केन्द्रीय समितिले आयोजना गरेको भेला हो। ढुक्क भएर बस्नु होला।’ उनले भनिन् ।