मदन भण्डारी फाउन्डेसनमा गुट सुरू गर्ने नै ओली हुन्ः झलनाथ खनाल

काठमाडौँ,नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले पार्टीमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै गुटबन्दीको सुरुवात गरेको बताएका छन्।

ललितपुरको सानेपास्थित हेरिटेज पार्टी प्यालेसमा आयोजित राष्ट्रिय कार्यकर्ता भेलाको अध्यक्षता ग्रहण गर्दै नेता खनालले मदन भण्डारी फाउण्डेशनमार्फत कार्यक्रम गरेर ओलीले गुटबन्दी बनाएको धारणा राखेका हुन्।

‘पार्टीमा गुट सुरु गर्ने केपी ओली नै हुन्।मदन भण्डारी फाउन्डेसनमार्फत उनले होगुट सुरू गरे’ उनले भने।यस्तै, नेता खनालले ओलीको सरकारले पार्टी नीति, सिद्धान्तको पालना नगरेको दाबी गरेका छन्।

ओली सरकारले ल्याएको तीन आर्थिक वर्षको बजेटका नीति तथा कार्यक्रमले पार्टीका नीति, कार्यक्रम प्रतिबिम्बित हुन नसकेको उनको भनाई छ।