हत्याको आरोपमा तीनजना पक्राउ
प्रकासित मिति : २०७७ चैत्र ४, बुधबार १२:५९
प्रकासित समय : १२:५९
खोटाङ,कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।तुवाचुङ नगरपालिका-५ बस्ने खड्क भन्ने ३४ वर्षीय अजित राईलाई कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ रातमाटेबाट ३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३४ वर्षीया लक्ष्मी राई, ३० वर्षीय दईन्द्र राई र १६ वर्षीया किशोरी रहेका छन्। महिलाहरु बसेको कोठामा प्रवेश गरेको बिषयलाई लिएर कुटपिट गर्दा गम्भीर घाइते भएका अजितको उपचारको लागि स्थानीय स्वास्थ्य चौकी छापडाँडातर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो।
ईलाका प्रहरी कार्यालय हलेसीबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।