माओवादी केन्द्रले भन्यो प्रधानमंन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ

काठमाडौं,नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नैतिकताको आधारमा राजीनामा दिन आग्रह गरेको छ।

सर्वोच्च अदालतको आदेशपछि ब्युँतिएको माओवादी केन्द्रको पहिलो संसदीय दलको बैठकले यस्तो आग्रह गरेको छ। प्रधानमंन्त्री ओलीको कदम असंवैधानिक भएको सर्वोच्चले निर्णय गरिसकेको सन्दर्भमा उहाँले नैतिक रुपले राजीनामा दिनुपर्छ।

बैठकपछि निर्णय सुनाउँदै नेता वर्षमान पुनले भने।यस्तै, बैठकले राष्ट्रिय सभामा दलको नेतामा दीननाथ शर्मालाई निरन्तरता दिने निर्णय गरेको छ। बैठकले संसदीय विधान मस्यौदाका लागि पनि तीन सदस्यीय कार्यदल बनाएको छ। कार्यदलमा देव गुरुङ, रामनारायण बिडारी र रेखा शर्मा छन्।