राजनीतिमा गतिशिल डम्बर सिंह समाजसेवामा पनि गतिशिल

काठमाडौं,राजनितिमा गतिशिल जाजरकोटका नेता डम्बर बहादुर सिंह समाजसेवामा अग्रसर देखिएका छन । पछिल्लो समय सिंह समाजीक काममा उतरादायी बन्न लागेका हुन ।

नेकपा एमाले ओली समुहका केन्द्रीय सदस्य रहेका नेता सिंहले सीता आधारभुत विद्यालय कार्कीज्युलामा सीता जानकी अक्षय कोषको स्थापना गरी प्रत्येक वर्ष बारेकोट भित्र अध्ययन गर्ने जेहन्दार, टुहुरा र प्रतिभाशाली बिद्यार्थीहरुलाई शैक्षिक राहात टोक्कन वितरण गर्दै आएका छन ।

सिंहले राजनितिसगै समाजसेवामा पनि कदम बढाउन थालेका छन । उनि जाजरकोटका इमान्दार नेता मध्यमा एक पर्छन । त्यसै बिद्यालयका शिक्षक तिलक महताराले प्रत्येक महिनाको १ दिनको तलब जेहन्दार विद्यार्थीको लागि अक्षय कोषमा जम्मा गर्दै आएका छन ।

शिक्षक महताराले अभावबाट हुर्केका बिद्यार्थीको शैक्षिक उन्नयनका लागि थप योगदान होस् भन्ने हेतुले आफ्नो प्रत्येक महिनाको १ दिन बराबर अर्थात् वार्षिक १० हजार अक्षयकोषमा जम्मा गर्ने गरेका छन ।