माधव पक्षले पत्रकार सम्मेलन गर्दै
प्रकासित मिति : २०७७ चैत्र ३, मंगलवार ११:३०
प्रकासित समय : ११:३०
काठमाडौँ,नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले आज पत्रकार सम्मेलन गर्ने भएको छ।
मंगलबार दिउँसो २ बजे ललितपुरको सानेपास्थित हेरिटेड गार्डेनमा पत्रकार सम्मेलन गर्न लागिएको वताएको हो। चैत ४ र ५ गते आयोजना गरिएको राष्ट्रिय भेलाका सन्दर्भमा पत्रकार सम्मेलन गर्न लागिएको स्रोतको भनाई रहेको छ।
अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आज चियापान कार्यक्रमको आयोजना गरेका छन् तर, सो पक्षले बहिस्कार गर्ने बताएको छ। गत फागुन २८ गते प्रधानमन्त्री ओलीले एकलौटी ढंगले पदाधिकारी खारेज, केन्द्रीय कमिटी पुनर्गठन र नेताहरुको जिम्मेवारी हेरफेर गरेपछि सो पक्ष रुष्ट बनेको छ।