लमजुङमा चट्याङ लागेर ३ विद्यार्थी घाइते
प्रकासित मिति : २०७७ चैत्र ३, मंगलवार १८:०६
प्रकासित समय : १८:०६
लमजुङ, लमजुङमा चट्याङ लागेर ३ विद्यार्थी घाइते भएका छन् । क्व्होलासोथार गाउँपालिका–४ भुजुङमा आज दिउँसो चट्याङ पर्दा घाइते भएकामध्ये दुईको अवस्था गम्भीर छ ।
भुजुङस्थित त्रिभुवन विद्याश्रम माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत विनोद विश्वकर्मा, छविन्द्र गुरुङ र रेशबहादुर गुरुङ घाइते भएका हुन् ।मंगलबार दिउँसो सवा ३ बजे परेको चट्याङबाट विद्यालयको छात्राबासमा पढिरहेका विद्यार्थी घाइते भएका हुन् ।
घाइतेमध्ये रेशबहादुरको हात चलेको छैन भने अन्य २ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । उनीहरूलाई उपचारको लागि हेलिकोप्टरमार्फत पोखरा लगिएको छ ।घाइते विद्यार्थीको पोखरास्थित गण्डकी अस्पताल उपचार भइरहेको छ ।