सफ्टवेयरको दुरुपयोग गर्ने तीनजना पक्राउ
प्रकासित मिति : २०७७ चैत्र २, सोमबार १६:२८
प्रकासित समय : १६:२८
काठमाडौं,सफ्टवेयरको सोर्स कोड दुरुपयोग गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेहरुमा दाङ घर भएका विमल केसी, रुपन्देहीका श्यामबहादुर चौधरी र पूर्वी नवलपरासी घर भएका शंकर ज्ञवाली रहेका छन्।
उनीहरुले पूर्वी नवलपरासीमा रहेको नेशनल सफ्टवेयर एण्ड आइटी सोलुसन नामक सफ्टवेयर निर्माता कम्पनीको सोर्स कोड चोरी गरेको आरोप लागेको छ।बुटवलमा रहेको प्रिफेस टेक्नोलोजीका सञ्चालक रहेका उनीहरुलाई पक्राउ गरेर काठमाडौं ल्याएको छ।
उनीहरुलाई काठमाडौं जिल्ला अदालतबाट म्याद लिएर विद्युतीय कारोवार ऐन–०६३ अनुसार अनुसन्धान गरिरहेको साइबर ब्यूरोले जनाएको छ।