माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक स्थगित

काठमाडौैं,नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक केही दिनका लागि स्थगित भएको छ।

नेकपाको विवादमा सर्वोच्च अदालतले गरेको फैसलाको पुनरावलोकनमा जाने, संसदमा भएका दलसँग वार्ता गर्ने र जिल्ला तथा प्रदेशमा नेताहरू संगठन विस्तारका काममा जाने निर्णय भएकोले बैठक स्थगित गरिएको नेता नारायणकाजी श्रेष्ठले बताएका छन्।

आज पेरिसडाँडामा बसेको बैठकमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग वार्ता गर्ने निर्णय भएको छ।