साविककै अवस्थामा फर्कौंः माधव नेपाल

काठमाडौं,नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भएको छलफलमा सहमति नजुटेको जनाएका छन्।

सोमबार पार्टी कार्यालय धुम्बाराहीमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीसँग भएको वार्तामा फागुन २८ गतेको बैठक र त्यसले गरेका निर्णयबारे कुरा नमिलेको बताएका हुन्।प्रधानमन्त्री ओलीले गएको फागुन २८ गते गरेको निर्णय वैधानिक नभएकाले त्यसलाई शून्यमा लैजानुपर्ने उनले बताएका थिए।

सर्वोच्च अदालतको फैसलापछि संरचना र पदाधिकारीको हिसाबले साविककै अवस्थामा फर्कौँ।फागुन २८ गतेको निर्णय अवैधानिक छ।त्यस बैठकको निर्णयलाई शून्य अवस्थामा लैजाऔँ।त्यसपछि सिंगो अवस्थामा बसेर छलफल गरौँ।’ बैठकमा राखेको कुरा बाहिर पत्रकारसँग बोल्दै नेपालले भने ।