ओली र नेपाल पक्षबीच छलफल सुरू

काठमाडौँ,नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल सुरु भएको छ।पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा ओली र नेपाल पक्षबीच छलफल शुरु भएको हो।

छलफलमा प्रधानमन्त्री ओलीसहित ईश्वर पोखरेल, बिष्णु पौडेल र प्रदीप ज्ञवाली सहभागी रहेका छन्। नेता नेपाल पक्षबाट नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त, घनश्याम भुषाल र गोकर्ण बिष्ट सहभागी रहेका छन्।गत पुस ५ गते संसद विघटन भएपछि ओली र नेता नेपालबीच पहिलोपटक छलफल हुन लागेको हो।

हाल सर्वोच्च अदालतले संसद विघटन खारेज तथा एकिकृत नेकपा पनि भंग गर्दै एमाले र माओवादी केन्द व्यूँताइदिएको छ। एमाले व्युँतिएपछि ओलीले एकलौटाी ढंगले नेपाल पक्षका नेताहरुको जिम्मेवारी खोसेर अन्यलाई दिएका छन्।नेपाल पक्षले पनि समानान्तर प्रदेश तथा विभागीय कमिटी गठन गरेको छ।