८ वर्षीयाबालिका बलात्कार आरोपमा एक वृद्ध पक्राउ

मोरङ,सुस्तमनस्थिती भएकी आठ वर्षीया बालिका बलात्कार आरोपमा प्रहरीले ६६ वर्षीय वृद्ध पक्राउ गरेर कसुर अनुसन्धान गर्न अदालतमा म्याद थप गराएको छ।

मोरङको रतुवामाई नगरपालिका ४ का ६६ वर्षीया फौदीलाल मुखियालाई स्थानीय ८ वर्षीया बौद्धिक अपांगता भएकी बालिका बलात्कार आरोपमा इलाका प्रहरी सिँजुवाले पक्राउ गरेर जवर्जस्ती करणी कसुर अनुसन्धान गर्न जिल्ला अदालत मोरङमा आइतबार म्याद थप गराएको हो।

प्रहरीका अनुसार वद्ध फौदीलालले पशु चराउदै गरेकी राम्ररी बोल्न नसक्ने ८ वर्षीया बालिकालाई २८ फागुनमा मुख थुनेर बलात्कार गरेका थिए।सँगै पशु चराइरहेका साथीहरुलले बालिकालाई बलात्कार गरेको देखेपछि घटना बाहिर आएको थियो।