गौतमले बोलाए छुट्टै बैठक

काठमाडौँ,नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले छुट्टै बैठक तय गरेका छन्।गौतमले मंगलबारका लागि आफ्नो समूहको बैठक बोलाएका हुन्।

अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपालबीच आज भेटवार्ता हँदैछ। त्यसकै रणनीतिका लागि पार्टी एकता अभियानमा लागेका गौतमले पनि बैठक डाकेका हुन् ।

ओलीले अध्यक्ष र महासचिवबाहेक सबै पद खारेजलगायत एकलौटी निर्णय गरेपछि गौतम असन्तुष्ट छन्।