ओलीसँग वार्ता गर्न धुम्बाराही पुगे माधव नेपाल
प्रकासित मिति : २०७७ चैत्र २, सोमबार ११:३८
प्रकासित समय : ११:३८
काठमाडौँ,सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल लगायतका एमाले नेताहरु धुम्बाराहीस्थित पार्टी कार्यालयमा पुगेका छन्।
अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलका लागि नेपाल पक्षका नेताहरू धुम्बाराही पुगेका हुन्।दुबै पक्षबीच ११ बजेदेखि वार्ता हुने तय भएको थियो।नेपालतर्फका नेताहरु सुरेन्द्र पाण्डे, भीम रावल, घनश्याम भुसाल, रघुजी पन्त, गोकर्ण बिष्ट पुगेका छन् भने ओलीतर्फका सुवास नेम्वाङ, बिष्णु पौडेल र परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली धुम्बाराही पुगेका छन्।
गत पुस ५ गते संसद विघटन भएपछि ओली र नेता नेपालबीच पहिलोपटक छलफल हुन लागेको हो।