ओलीसँग कुरा नमिलेपछि नेपालले थाले आफुपक्षीय नेताहरुसँग छलफल
प्रकासित मिति : २०७७ चैत्र २, सोमबार १७:१५
प्रकासित समय : १७:१५
काठमाडौं , नेकपा एमालेको माधवकुमार नेपाल समूहले केन्द्रीय सदस्य र सांसदहरुको भेला बोलाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली समूहसँग भएको छलफल लगत्तै नेता नेपालले उक्त छलफलबारे जानकारी दिन आफु पक्षीय सांसद तथा नेताहरुलाई बोलाएका हुन् ।
ओली र माधव पक्षबीच भएको छलफलमा फागुन २८ को निर्णय फिर्ता लिन ओली असहमत भएका थिए । माधव पक्षीय नेताहरुको छलफल बानेश्वरमा जारी छ ।