कर्णालीका सांसद विष्ट पुनः माओवादी केन्द्रमै फर्किए
सुर्खेत,नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका कर्णाली प्रदेशसभामा सुर्खेतबाट निर्वाचित सांसद ठम्मर विष्ट पुनः नेकपा माओवादी केन्द्रमै फर्किएका छन्।दुई दिनअघिमात्रै नेकपा एमालेको केन्द्रीय सदस्य भएका सांसद विष्ट ४८ घण्टामै फेरि माओवादी केन्द्रमै आएका हुन्।
आइतबार सांसद विष्ट अध्यक्ष प्रचण्डसँगको वार्तापश्चात पार्टीमा फर्किएको नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य मायाप्रसाद शर्माले बताएका छन्।शर्माका अनुसार मन्त्री बनाउने या अन्य पद दिने भन्नेबारेमा केही सहमति भएको छैन।उहाँ आफै माओवादी आन्दोलनको जिम्मेवार नेता भएका कारण आत्मालोचना गरेर पुनः फर्किनुभएको हो।
विष्ट गत असोज २५ गते मुख्यमन्त्री महेन्द्र शाहीविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्नेमध्येका एक एक पात्र थिए।उनले केही समयपछि उक्त हस्ताक्षर फिर्ता लिएको सामाजिक सञ्जाल मार्फत जानकारी दिएका थिए।कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र वहादुर शाहीले एमालेमा प्रवेश गरेका सांसदहरूलाई कारबाही गर्ने चेतावनी समेत दिएका थिए।