सडक निर्माण तथा सुधार कार्यक्रममा पचालझरनाद्धारा सम्झौता पत्रमा हस्ताक्षर
सुर्खेत,कालिकोटको पचालझरना गाउँपालिकाले संघिय मामिला तथा सामान्य प्रशासन मंन्त्रालय अन्तर्गतको प्रादेशिक एवम् स्थानिय सडक निर्माण तथा सुधार कार्यक्रमको समझदारी पत्र(mou)मा हस्ताक्षर गरेको छ। आइतवार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित भर्चुअल कार्यक्रममा सहभागि जनाउदै गाउँपालिकाका अध्यक्ष खड्गराज सेजुवालद्धारा उक्त समझदारी पत्रमा हस्ताक्षर गरिएको हो।संघिय सरकार,प्रदेश सरकार तथा स्थानिय सरकारको सयुक्त हस्ताक्षर रहेको उक्त समझदारी पत्रमा सडक निर्माण,मर्मत,सडक कालोपत्रे तथा पुल निर्माण जस्ता गहन विषयमा समझदारी भएको अध्यक्ष सेजुवालले वताएका छन्।अध्यक्ष सेजुवालका अनुसार संघिय सरकार,प्रदेश सरकार तथा स्थानिय सरकारविच भएको यो सम्झौता चाडै कार्यन्वयनमा आउने र पचालझरनावासीले चाडै सुखको सास फेर्न पाउने वताए।
अध्यक्ष सेजुवालले भने स्थानिय सरकारको विषेश पहल र लगानिमा गाउँपालिकाको केन्द्र तथा वडाहरुमा सडक जोड्न पाएकोमा आफु हर्षित भएको र अझै गुणस्तरिय सडक निर्माणमा आफु लागि परेको समेत वताए।संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्धारा आयोजित प्रादेशिक एवम् स्थानिय सडक निर्माण तथा सुधार नामक भर्चुअल कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओली तथा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेश सिंह ठगुन्नाले संम्बोधन गरेका थिए।भने कार्यक्रममा स्थानिय तहका जनप्रतिनिधीको वाक्लो उपस्थिती रहेको थियो।