वारेकोटमा बाह्रै महिना गाडी चल्ने वनाउन लागिपरेका छौँः अध्यक्ष शाह

सुर्खेत,जाजरकोटको वारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्र वहादुर शाहले गाउँपालिका केन्द्र लिम्सासम्म वाह्रै महिना गाडी चल्ने वनाउन लागिपरेको वताएका छन्।आइतवार संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय  अन्तर्गतको प्रादेशिक एवम् स्थानिय सडक निर्माण तथा सुधार सुभारम्भ समारोहमा सहभागि हुन वीरेन्द्रनगर सुर्खेत आईपुगेका अध्यक्ष शाहले उक्त कुरा वताएका हुन्।अध्यक्ष शाहका अनुसार गाउँपालिकाको एउटा वडाको केन्द्र वाहेक आठ ओटा वडाको केन्द्रमा नयाँ ट्राक खोलेर गाडी पुर्याउन आफुहरु सफल भएको वताए। हिउँदको समयमा गाडी पालिका केन्द्रसम्म गएपनि वर्षादको समयमा गाडी पुग्न नसक्ने समेत वताएका छन्।सोहि समस्यालाई मध्यनजर गर्दै आफु गाउँपालिकाको जनप्रतिनिधीको रुपमा सहभागि हुन सुर्खेत आईपुगेको वताए।संघिय मामिला तथा सामान्य प्रशासन मंन्त्रालयसंग सडक कालोपत्रे तथा पुल निर्माण सम्बन्धि महत्वपुर्ण माग राखि नेपाल सरकार,प्रदेश सरकार र स्थानिय तह बिच समझदारी-पत्रमा(MoU) हस्ताक्षर समेत गरेका थिए। पालिकाको केन्द्रसम्म सडक कालोपत्रे तथा पुल निर्माणको जिम्मा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लिएपनि वर्षातको समयमा आउने पहिरोले अवरुद्ध वनाउने सडक मर्मत तथा सडक विस्तारको जिम्मा भने स्थानिय सरकारकोनै रहेको जानकारी दिए।

स्थानिय तहको केन्द्रसम्म पक्की सडक संन्जाल जोड्ने मुख्य उद्येश्य राखेको संघिय मामला तथा सामान्य प्रशासन मंन्त्रालयको आयोजनामा आईतवार सुर्खेतमा भर्चुअल मिटिङ्ग सम्पन्न भएको थियो।भचुअल मिटिङ्गलाई संम्वोधन प्रधानमन्त्री के पि शर्मा ओली तथा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेश सिंह ठगुन्नाले गरेका थिए।कार्यक्रममा सातै प्रदेशका स्थानिय निकायका जनप्रतिनिधीहरुको उपस्थिती रहेको थियो।