राष्ट्रिय तथा अन्तराष्ट्रिय अनुभवलाई लिएर सडक निर्माण गरिनुपर्छः प्रधानमन्त्री ओली

सुर्खेत,प्रधानमन्त्री केपी शर्मा ओलीले अब सडकहरु राष्ट्रिय र अन्तराष्ट्रिय अनुभवलाई लिएर बनाउनुपर्ने बताएका छन्।बालुवाटारमा प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रमको शुभारम्भ कार्यक्रममा बोल्दै ओलीले भने,‘अब बन्ने सडकहरू असुरक्षित हुनु हुनु भएन, चाहे स्थानीय तहले, प्रदेशले जहाँबाट निर्माण भएपनि राष्ट्रिय र अन्तराष्ट्रिय अनुभवलाई लिएर बाटो बनाउनु पर्‍यो र बाटो आफै सुरक्षित हुनुपर्ने वताए।सडक निर्माणका सन्दर्भमा वर्तमान सरकारले निक्कै महत्त्वपूर्ण काम गरेको उनको भनाइ रहेको छ।

सडकको स्तरोन्नति, विस्तार र निर्माणको क्षेत्रमा अनेक उपलब्धि हासिल गरेको प्रधानमन्त्री ओलीले दाबी गरे।७ ओटा प्रदेशको २१० स्थानिय तहको एकैचोटी सुभारम्भ तथा हस्ताक्षर संकलण गरिएको थियो।