एमालेतर्फ लागेका २३ नेतालाई माओवादीको २४ घण्टे स्पष्टीकरण (नामसहित)
काठमाडौँ,नेकपा माओवादी केन्द्रले एमालेतर्फ लागेका नेताहरुलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ।शनिबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले एमालेतर्फ लागेका २३ नेतालाई २४ घण्टे स्पष्टीकरण २४ घण्टाभित्र स्पष्टीकरण माग गर्ने निर्णय गरेको हो।
शुक्रबार मात्र एमाले अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले ती २३ जनालाई एमालेको केन्द्रीय सदस्यमा मनोनयन समेत गरिसकेका छन्।
माओवादीबाट एमालेतर्फ लागेका नेताहरु
१ रामबहादुर थापा
२ टोपबहादुर रायमाझी
३ लेखराज भट्ट
४ मणिचन्द थापा
५ प्रभु साह
६टंक आङबुहाङ
७ पासाङ शेर्पा
८ ज्वाला साह
९ टेकबहादुर बलामी
१० कमल जंग
११ मनोज थापा
१२ विषमलाल अधिकारी
१३ लिलाबहादुर थापा
१४ दधिराम न्यौपाने
१५ दिनेश पन्थी
१६ नवीन रोका
१७ धर्मराज रेग्मी
१८ डम्बर विष्ट
१९ गौरीशंकर थारु
२० झपट बोहरा
२१ गिरधर लाल
२२ दावा लामा
२३ चन्द्रबहादुर खड्का