कालिकोट पचालझरनाकी एक महिला सम्पर्क विहिन
प्रकासित मिति : २०७७ फाल्गुन २८, शुक्रबार १४:४०
प्रकासित समय : १४:४०
कालिकोट,कालिकोट जिल्लाको पचालझरना गाउँपालिका नानिकोटकी एक महिला दश दिनदेखि सम्पर्क विहिन भएकी छन।भारतको ब्याङ्गलोर जाने भनि हिडेकी पचालझरना गाउँपालिका वडा नं ९ नानिकोट निवासी १८ वर्षिय ठेसि तिरूवा सुर्खेतको वसपार्कबाट बेपत्ता भएकी हुन्।
फागुन १९ गते कालिकोटको पचालझरना गाउँपालिकामा रहेको आफ्नै घरबाट एक छोरि सहित सुर्खेत पुगेकी तिरूवा सम्पर्क बिहिन भएको उनका आफन्तले जानकारी दिएका छन्।उनको साथमा रहकी तीन वर्षकी छोरि बोकेर कालिकोटको जिते बजारको वसपार्कदेखि सुर्खेतका लागि हिडेकी तिरुवा फाल्गुन २० गते सुर्खेतको वसपार्क पुगेकी थिईन्।
सुर्खेतको वसपार्क पुगेलगतै तिरूवा बेपत्ता भएको पारिवारिक स्रोतले जनाएको छ।बेपत्ता भएकी तिरूवालाई भेटाउनु हुने जो कसैले नजिकैको प्रहरी चौकिमा जिम्मा लगाईदिन उनका आफन्तले अनुरोध समेत गरेका छन।