सहमति पश्चात पनि घर फर्कन सकेनन् वादी समुदाय

जाजरकोटका वादी वल्ल पुगे सुर्खेत

सुर्खेत,कर्णाली प्रदेश सरकारसंग पाँच वुँदामा सहमति भएका वादी समुदायलाई थप अर्को संकट आइलागेको छ।लामो समयसम्म मुख्यमंन्त्री कार्यालय गेट नजिक धर्नामा रहेका वादी समुदाय प्रदेश सरकारसंग सहमती पश्चात घर फर्कन तयार रहेका छन्।तर उनिहरुसंग घर जानका लागि गाडि भाडा अनि घर पुगेर एकछाक खान समेत अप्ठ्यारो रहेको छ।दिनभरको गर्मि अनि रातिको चिसोको कारण थुप्रै व्यक्ति बिरामी पर्दै गएकोले सहजै घर गएर काम गरिखाने वातावरण नरहेको उनिहरुको विलौना रहेको छ।कर्णाली सरकारले पाँच बुँदामा लिखित सहमति गरे लगतै पन्छिएको वताउदै विमला वादी यसो भन्छिन् ‘नेताहरु भोट माग्ने बेला मात्र वादी वस्तीमा आउने र अरुवेला वादी वस्तिमा आउन लजाउने समेत वताइन्।अहिले आफुहरु भोकभोकै मर्ने अवस्था आएकोले घर जान कठिन भएको भन्दै गहभरी आँसु वनाएर रुन थालिन्’।त्यस्तै वादी अगुवा हिक्मत वादीले भने अव सरकारसंग अन्तिम माग राख्ने र यो माग व्यक्तिको नितान्त आधारभुत आवश्यकता भित्र पर्ने भएकोले जसरी पनि सुनुवाई गरिदिन प्रदेश सरकारलाई आग्रह गरे।आजसम्म कर्णालीका सहयोगि व्यक्तिहरुले खानाको व्यवस्था गरेर वादी वस्तिमाथी ठुलो उपकार गरेको भन्दै धन्यवाद दिए।हिक्मत वादीका अनुसार कर्णाली प्रदेश सरकारका विभिन्न मन्त्रालय संग सहयोगको ठुलो अपेक्षा समेत गरेको जानकारी गराएका छन्।वादी समुदायका अगुवाई गर्ने व्यक्तिहरु अहिले सहयोगको माग राख्दै विभिन्न मंन्त्रालय र सरकारी कार्यालय धाईरहेका छन्।

जाजरकोटका वादी वल्ल पुगे आन्दोलनमा

वादी समुदायले आन्दोलन गरेर सहमति गरिसकेपछि जाजरकोटका वादी कर्णाली प्रदेशको राजधानी सुर्खेत आइपुगेका छन्।संन्चारको असुविधा भएकोले खासै जानकारी नभएका कारण आफुहरु समयमा आउन नसकेको उहिरुले वताएका हुन्।खवर पाएको एक दुई दिन गाडि भाडाको जुगार गर्न लागेको देवे वादीले वताए ।आउने भाडा पनि साहुसंग ऋण मागेर आएको छेडागाढ नगरपालिका जाजरकोटकी कविता वादीले वताएकी छन्।आफुहरुलाई के सहमति भएको भन्ने सम्म बुझ्न नसकेको उनको भनाई रहेको छ।

अव घर कसरी जाने ? घर गएर के खाने ? साहुको ऋण कसरी तिर्ने ? उनिहरुको प्रश्न रहेको थियो।जिल्लाको जुनिचाँद गाउँपालिका र छेडागाढ नगरपालिका ११/१२ जनाको संख्यामा रहेको उनिहरुको टोली सुक्रवार विहान सुर्खेत आईपुगेका थिए ।