कर्णाली राजमार्गमा सवारी दुर्घटना
प्रकासित मिति : २०७७ फाल्गुन २७, बिहीबार १३:३२
प्रकासित समय : १३:३२
दैलेख,दैलेख खण्डमा पर्ने कर्णाली राजमार्गमा गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ५ जना गम्भीर घाइते भएका छन्।
कालिकोटबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०२४७ नम्बरको गाडी कर्णाली राजमार्ग अन्तर्गत दैलेखको आठबीस नगरपालिका–१, सिहाला खोला भन्ने ठाउँमा दुर्घटना भएको हो।
दैलेख प्रहरीका अनुसार गाडीमा सवार यात्रुको संख्या खुल्न नसकेको र १६ जना घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर छ। गम्भीर घाइते भएकाहरूको उद्धार गरी उपचार निम्ति अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठका अनुसार गाडी सडकबाट एक सय मिटर तल खोलामा खसेको हो। थप विवरण आइ नसकेको उनले बताएका छन्।