दैलेखमा माइक्रोबस दुर्घटना १ को मृत्यु, १० घाइते
प्रकासित मिति : २०७७ फाल्गुन २७, बिहीबार १२:३३
प्रकासित समय : १२:३३
सुर्खेत, बिहीबार कर्णाली राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । राजमार्गको दैलेख सडकखण्डको आठबीस नगरपालिका –१ टुइकुनामा माइक्रोबस दुर्घटना भएको हो ।
कालिकोटदेखि सुर्खेतका लागि छुटेको कर्णाली प्रदेशको ०२००१ ख २४७ नम्बर बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
दुर्घटना परि घाइते भएका १० जना मध्ये ७ जना गम्भिर अवस्थाका घाइतेलाई एम्बुलेन्स मार्फत सुर्खेत पठाइएको स्थानीयबासी नैनबहादुर शाहीले टेलिफोनबाट जानकारी दिए ।
बस दुर्घटनाको कारण खुलेको छैन । बस राजमार्गबाट ५० मिटर तल खसेको छ । बसमा कालिकोटबाट १५ यात्री सवार थिए । घाइतेको उद्धार भइरहेको छ । बस विहान ११ बजे टुइकुनामा दुर्घटना परेको हो ।