महिला लक्षित १० दिने पत्रकारीता तालिम सम्पन्न
प्रकासित मिति : २०७७ फाल्गुन २६, बुधबार १३:३७
प्रकासित समय : १३:३७
नेपालगन्ज, बाँकेमा महिला लक्षित १० दिने पत्रकारिता तालिम सम्पन्न भएको छ।
मानव अधिकार संरक्षण तथा प्रवद्धन केन्द्र(हुरीपप) र नेपालगंज उपमहानगरपालिका वडा नं ४ को आर्थिक सहयोगमा महिलाहरुलाई लक्षित १० दिने पत्रकारिता तालिम मंगलबार सम्पन्न भएको हो।उक्त कार्यक्रममा उपस्थित नेपालगंज उपमहानगरपालिका मेयर डा धवल शम्सेर राणाले पत्रकारिता पेसालाई इमान्दार रुपमाअगाडी बढाउन मिशन पत्रकारिताको थालिनी गर्नुपर्ने बताए।
उनले पत्रकारीता क्षेत्रमा लागेका महिला पत्रकारको कामको मुल्याङ्कन संगै प्रोत्साहन गर्ने चलन कमै मात्र भएकोले अब प्रोत्साहन बढाउने काम आफुहरुले गर्ने प्रतिबद्धता समेत व्यक्त गर्ने बताए। करिब १० दिन सम्म चलेको प्रशिक्षणमा १७ जना महिला पत्रकारहरुहरुको सहभागिता रहेको थियो।