कर्णालीमा हाम फालेका चार जनाको शव भेटियो
सुर्खेत,दैलेखको आठबीस नगरपालिका ३ दैलेख निमाइलका एउटै घरका पाँच जनाले कर्णाली नदीमा हामफालेर आत्महत्या गरेका थिए।आज थप दुई जनाको शव फेला परेको छ।दैलेखका डिएसपी प्रमुख अनुपम श्रेष्ठका अनुसार मंगलबार दिउँसो ३५ वर्षीया आमा सुकु बडुवाल, आठ वर्षीय छोरा ललित बडुवालको शव फेला परेको हो।
सोमबार घरायसी विवाद हुँदा सुकी छोरीहरु १४ वर्षीया कल्पना बडुवाल, १२ वर्षीया सरिता बडुवाल, पाँच वर्षीया रजनी बडुवाल र छोरा ललितलाई लिएर घरबाट निस्केकी थिइन्। त्यसपछि वेपत्ता भएका उनीहरुको खोजीको लागि प्रहरीलाई खबर गरिएको थियो।सोमबार साँझ कल्पना र सरिताको शव अछामको पञ्चदेववल विनायक नगरपालिका–४ स्थित कर्णाली नदीमा माछा मार्न प्रयोग गरिने डोरीमा बेरिएको अवस्थामा भेटिएको थियो।
तर, पाँच वर्षीया रजनी बडुवाललाई भने हालसम्म भेट्टाउन सकिएको छैन। गोताखोर टोलीबाट उनको खोजी कार्य थालिएको छ।आठबीस नगरपालिकाका उपप्रमुख दीपा बोहोराका अनुसार श्रीमान्ले दिनहुँ मदिरा सेवन गरी कुटपिट गर्ने झैझगडा गर्ने भएपछि आजित भएर नदीमा हामफालेको हुनसक्ने आकलन गरिएको छ।सुकीका श्रीमान मानसिंह बडुवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ।