रघुजी पन्तविरुद्ध कोमल वलीले हालिन् मुद्दा
काठमाडौँ,राष्ट्रियसभा सदस्य कोमल वलीले नेता रघुजी पन्तविरुद्ध मुद्दा दर्ता गरेकी छन्।मंगलबार काठमाडौँ जिल्ला अदालतमा पुगेर वलीले पन्तविरुद्ध मानहानीको मुद्दा दायर गरेकी हुन्।
पन्तले केहीदनअघि सार्वजनिक कार्यक्रममा वलीलाई लक्षित गर्दै विवादास्पद अभिव्यक्ति लिएका थिए।त्यसपछि वलीले मुलुकी अपराध संहिता २०७४ को दफा ३०५, ३०६, ३०७ को आधारमा आफूलाई अन्याय परेको भन्दै मुद्दा दायर गरेकी हुन्।
पन्तले के भनेका थिए ?
‘अहिले महिलाहरू पनि केपीतिर पनि लागेका छन्।२० औँ वर्ष ज्यानै दिएर यो पार्टीमा लागेका महिलाहरू पनि छन्।तर, तिनले टिकट पनि पाएनन्। तिनले राष्ट्रियसभा पनि पाएनन्।केपी ओलीले केरे कोमल वलीले यसो सारी सरक्क सर्काएर गोरा पिंडुला देखाउँदै पोइल जान पाँउ भनेपछि सांसद त तिनैले पाइन्।’
एक कार्यक्रममा मन्तव्य व्यक्त गरिरहँदा पन्तले भनेका थिए, ‘कपाल फूलेर चाउरी परेका बुढी कामरेडहरू न राष्ट्रियसभाको सदस्य हुन पाएका छन् केन्द्रीय कमिटी सदस्य हुन पाएका छन्।उनी राष्ट्रिय सभाको सदस्य पनि भइन् केन्द्रीय कमिटी सदस्य भइन्।’