प्रचण्डले वोलाए माओवादी केन्द्रको स्थायी कमिटी बैठक
काठमाडौँ,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटी बैठक वोलाएका छन्।
सर्वोच्च अदालतले तत्कालीन एमाले र माओवादी केन्द्र मिली गठन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई खारेज गरेर ऋषि कट्टेल नेतृत्वको नेकपालाई वैधानिकता दिएसँगै अध्यक्ष प्रचण्डले स्थायी कमिटी बैठक बोलाएका हुन्।बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा बस्ने भएको छ।
स्रोतका अनुसार बैठकमा आगामी रणनीतिबारे छलफल हुनेछ।सरकारलाई दिएको समर्थन फिर्ता लिनेकी नलिने भन्ने विषयमा केन्द्रित हुने छ। माओवादी केन्द्रले समर्थन फिर्ता लिएको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार धरापमा पर्नेछ।
सरकार जोगाउन कांग्रेस वा जसपाको समर्थन अनिवार्य लिनु पर्ने अवस्था आउनेछ।यस्तै, ओली पक्षमा लागेका माओवादी केन्द्रका रामबाहदुर थापा ‘बादल’ टोपबहदुर रायमाझी, मणि थापा, लेखराज भट्ट र प्रभु शाहको बारेमा पनि निर्णय लिइने बताइएको छ।