सुर्खेतको कार्यालयबाट नेकपा हटाइयो
सुर्खेत,सुर्खेतस्थित नेकपा एमाले प्रदेश पार्टि कार्यालयको नाम र साइनबोर्ड परिवर्तण गरिएको छ।सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र)को एकता पहिले कै अवस्थामा ब्यूँताएपछि पार्टी कार्यालय पनि पहिलेकै अवस्थामा फर्काउन मंगलबार सुर्खेतमा नेकपा एमालेको बोर्ड र झण्डा राखिएको हो।
यसअघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बोर्ड राखिएको थियो।२०७५ साल जेठ ३ गते तत्कालीन एमाले र माओवादी केन्द्र मिली नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भएको थियो।
तर त्यसअघि नै निर्वाचन आयोगमा ऋषि कट्टेल अध्यक्ष रहेको नेकपा नामक दल दर्ता रहेकाले सोही नामको अर्को दल दर्ता गर्न नमिल्ने बताउँदै अदालतले कट्टेललाई बैधानिकता दिएर एमाले र माओवादी केन्द्रलाई पहिलेकै अवस्थामा ब्यूँताउने फैसला सुनाएको थियो।
कार्यक्रममा नेकपा एमाले सुर्खेतका नेता तथा कार्यकर्ताको वाक्लो उपस्थिती रहेको थियो।