नेपालमा थप १२० जनामा कोरोना पुष्टि
प्रकासित मिति : २०७७ फाल्गुन २१, शुक्रबार १७:३८
प्रकासित समय : १७:३८
काठमाडौँ,नेपालमा थप १२० जनामा कोरोना पुष्टि भएको छ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १२० जनामा संक्रमण देखिएको हो।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ६०८ पुगेको छ।पछिल्लो २४ घण्टामा ८३ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ७० हजार ७६६ जना संक्रमणमुक्त भएका छन्।
अहिलेसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या तीन हजार १० पुगेको छ। आज कोरोनाबाट थप व्यक्तिको मृत्यु नभएको मन्त्रालयको वेभसाइटमा उल्लेख छ । नेपालमा हाल संक्रिय संक्रमितको संख्या ८३२ रहेको छ।