सुर्खेतमा गजल रस कार्यक्रम हुँदै
प्रकासित मिति : २०७७ फाल्गुन २१, शुक्रबार १४:५१
प्रकासित समय : १४:५१
सुर्खेत,कर्णाली प्रदेशको राजधानी वीरेन्द्रगर सुर्खेतमा गजल रस कार्यक्रम हुने भएको छ।शनिवार गजल रस बझाङ्गको आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो।
गजल रस बझाङ्गका संयोजक हरिश जोशीका अनुसार दिउँसो करिव १२ः०० वजे देखि सुरु हुने कार्यक्रममा महेन्द्र चन्द महासागर,नवराज कुन्दन,लोकेन्द्र वोहरा (परिवर्तन) र आशा साँकी बलायरको विषेश रचना वाचन रहने भएको छ।
साथै सुर्खेतको साहित्यमा विषेश योगदान पुर्याउने अग्रज साहित्यकार धिरेन थापा अनुपम र ऋषि शर्मा (सुदामा)लाई विषेश श्रष्टा सम्मान समेत गरिने बताएका छन्।उक्त कार्यक्रम सिद्धार्थ सहकारीको सभाहलमा हुने समेत आयोजकले जानकारी दिएको छन्।
कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको र सम्पुर्ण साहित्यिक प्रेमीहरुलाई उपस्थितीको लागि अनुरोध समेत गरिएको छ।