जानकी गाउँपालिकामा सुकुम्बासीको लगत संकलनकार्य सकियो
प्रकासित मिति : २०७७ फाल्गुन २०, बिहीबार २३:१४
प्रकासित समय : २३:१४
बाँके, जानकी गाउँपालिकाले सकुम्बासी संग सम्बन्धित सवै वडाको लागत संकलन गरिएको छ ।जानकी गाउँपालिका वडा १ देखि ६ सम्मको सुकुम्बासी समस्या संग सम्बन्धित सवैको लागत संकलन गर्ने अन्तिम म्याद बिहिबार सकिएको हो ।
सरकारले सुकुम्बासी समस्या कार्यक्रम सम्पुर्ण स्थानीय निकायमा लागु गरेको थियोे । त्यसै अनुरुप जानकी गाउँपालिकाका वडाहरुमा पनी संकलन गरिएको लगत संकलन इकाईका संयोजक बिकाश जिसीले जानकारी दिए ।
लगत संकलनको लागी गाउँपालिकाका सवै वडाहरुमा संकलन टोली सहित जानकी गाउँपालिकाका कार्यकारी अधिकृत बस बहादुर राना संकलन टोली सहित आफै पनि कामकाजमा खटिनुभएको थियो ।