नेपालमा थप १०७ जनामा कोरोना पुष्टि

कोरोनाबाट ज्यान गुमाउनेको संख्या तीन हजार १०

काठमाडौँ,नेपालमा थप १०७ जनामा कोरोना पुष्टि भएको छ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १०७ जनामा संक्रमण देखिएको हो।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ४४८ पुगेको छ।पछिल्लो २४ घण्टामा ७८ जना कोरोना संक्रमणमुक्त भएका छन्।हालसम्म २ लाख ७० हजार ६८३ जना स‌ंक्रमणमुक्त भएका छन्।

अहिलेसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या तीन हजार १० पुगेको छ।आज कोरोनाबाट थप व्यक्तिको मृत्यु नभएको मन्त्रालयको वेभसाइटमा उल्लेख छ।नेपालमा हाल संक्रिय संक्रमितको संख्या ७९५ रहेको छ।