प्रचण्ड-माधव पक्षको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौँ,नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड(माधव पक्षको केन्द्रीय कमिटी बैठक आज बस्ने भएको छ।बुधबार पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बैठक बस्ने भएको हो । सोमबार बसेको सचिवालय बैठकको निर्णय अनुसार आज केन्द्रीय कमिटी बैठक बस्न लागेको हो।

संसद् पुनस्र्थापना भएसँगै संसद् बैठकको मिति नजिकिँदै गएको छ । फागुन २३ गते बैठक बस्ने गरी सरकारको सिफारिसमा राष्ट्रपतिले बैठक आह्वान गरीसकेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक काम गरेको र नैतिकताका आधारमा राजीनामा दिनुपर्ने प्रचण्ड-माधव पक्षको माग छ। तर, प्रधानमन्त्री ओलीले आफू संसद् फेस गर्ने बताउँदै राजीनामा नदिने अडान राखेका छन्।

त्यसपछि प्रधानमन्त्री ओलीलाई अविश्वासको प्रस्तावबाट हटाएर नयाँ सरकार गठनको प्रयासमा रहेको प्रचण्ड–नेपाल पक्षले आन्तरिक छलफललाई तीव्र पारेको हो । प्रचण्ड–नेपाल पक्षले विपक्षी दलहरु नेपाली काँग्रेस र जनता समाजवादी पार्टी (जसपा) सँग पनि छलफल गरिरहेको छ।