एकतिहाई सदस्यद्धारा सुर्खेत खानेपानी संस्थाको साधारण सभा बोलाउन आग्रह

सुर्खेत,सुर्खेत उपत्यका उपभोक्ता खानेपानी संस्थाका एकतिहाई सदस्यहरुले संस्थाको साधारण सभा बोलाउन आग्रह गरेका छन्। मंगलबार पत्रकार सम्मेलन गर्दै संस्थाको मुल उपभोक्ता समितीको समयावधि २०७६ साल भाद्र २० गतेनै सकिएकोले यथासिग्र साधारण सभा वोलाउन आग्रह गरेका हुन्।

पत्रकार संग कुरा गर्दै संस्थाका उपाध्यक्ष दिपे सार्किले कुल सदस्य संख्याको एकतिहाई सदस्यको हस्ताक्षर सहित जिल्ला हुलाक मार्फत संस्थाका अध्यक्षसम्म पुग्नेगरि पत्र पठाईसकेकोले तत्काल साधारण सभा वोलाउन अनुरोध गरे। संस्थाको जटिलता संगै कर्मचारीको हगमा भएको विवादित निर्णयलाई व्यबस्थापन गर्न र उपधोक्तालाई आर्थिक भार कम गर्नको लागि संस्थालाई तिन महिना भित्र प्रदेश सरकारलाई हस्तान्तरण गर्ने सम्बन्धमा सम्पुर्ण राजनैतिक दल,सरोकारवाला तथा संस्थाका अध्यक्षको रोवहरमा भएको निर्णय अझसम्म पनि कार्यन्वायन नभएको दावी समेत गरेका छन्।

कार्यक्रममा बोल्दै संस्थाका सचिव चन्द्र वहादुर सुनार यसो भन्छन् अध्यक्षले यो संस्थालाई अनिर्णयको वन्दी वनाएको र कार्यसमितीवाट वजेट स्वीकृती र साधारण सभावाट वजेट अनुमोदन समेत नगरिएकोले कर्मचारीको तलव भत्ता तथा दैनिक कार्यलय संन्चालन गर्न समेत अवरोध भएको वताए।सुर्खेत उपत्यका खानेपानी संस्थाका पधाथिकारीको आपसी विवादले संस्थालाई थप दुर्घटनातीर धकेली कर्मचारी तथा उपभोक्तमाथी चरम भार परेको हुदा सम्बन्धित सरोकारवाला निकायको ध्यान जान जरुरी देखिन्छ।